१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा ८ प्रतिशत छुट


689
Shares

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सेवामा छुट सम्वन्धि संझौता भएको छ ।

बैंक र रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी रेस्टुरेन्टमा भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् ग्राहकहरुले काठमाडौंको अनामनगर स्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।