२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सारा तेन्दुलकर र क्रिकेटर शुभमन गिलको ब्रेकअप, इन्स्टाग्राममा एकअर्कालाई गरे अनफलो


9.061k
Shares

एजेन्सी । भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर र क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिल बीच ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

अहिले क्रिकेटर शुभमन गिल र साराले इन्स्टाग्राममा एकअर्कालाई अनफलो समेत गरेका छन् । त्यसैले अहिले उनीहरूको ब्रेकअपको अनुमान लगाइएको छ ।

शुभमन र साराको डेटिङको खबर वर्षौंदेखि चर्चामा थियो । दुवैले डेटिङको खबरलाई कहिल्यै पुष्टी गरेनन्, तर सामाजिक सञ्जालमा दुवैले एकअर्काको तस्वीरमा कमेन्ट गर्दै आएका थिए ।

दुवैको पहिलो भेट सन् २०१९ को आईपीएल खेलमा भएको थियो । त्यतिबेला क्रिकेटर शुभमन कोलकाता नाइट राइडर्सबाट खेल्दै थिए । खेलपछि शुभमनले आफ्नो पहिलो कार रेन्ज रोभर किनेर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि साराले उनको तस्वीरमा ‘हार्ट इमोजी’ सहित कमेन्ट गर्दै बधाई दिइन् ।

त्यसपछि सारा र शुभमन प्रेम सम्बन्धमा रहेको कुरा भारतीय सञ्चार माध्यामले जनाएको थियो ।