१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल : अध्यक्ष भट्टराई


208
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयताको मुद्दा मिलेकाले नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो ।

उहाँले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रपनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताउनु भयो ।

उहाँले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तरविरोध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो ।

एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने बताउनु भयो ।