
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताउनुभयो । कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको भन्दै उहाँले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने दावी गर्नुभयो ।
नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दावी गर्नुभयो । नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न नखोज्न आग्रह गर्नुभयो । देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै उहाँले यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्