
काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य सो बैठकमा सहभागी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्