
एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले भारतीय (बलिउड) अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ का लागि ठूलो पारिश्रमिक मागेका छन्।
सेतुपतिको फिल्ममा प्रवेशलाई आजभोली फिल्मको सफलताको ग्यारेन्टी मानिन्छ । उनी छिट्टै भारतीय फिल्ममा पनि प्रवेश गर्ने तयारीमा छन् । सेतुपति चाँडै फिल्म ‘जवान’ मा देखिने भएका छन् । उनको यो पहिलो भारतीय फिल्म हो । उक्त फिल्मलाई दक्षिण भारतीय निर्देशक एटली कुमारले निर्देशन गरेका छन् । फिल्ममा सेतुपति मुख्य खलनायकको भूमिकामा देखिनेछन् भने अभिनेता खान उनको विपरित देखिने भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सेतुपतिले यो फिल्मका लागि २१ करोड भारतीय रुपैयाँ मागेका छन् । सेतुपतिको पछिल्लो फिल्म विक्रमको ठूलो सफलतापछि उनले आफ्नो पारिश्रमिक बढाएर १५ करोड भारतीय रुपैयाँ बनाएका थिए । तर, अब उनले फिल्म जवानका लागि १५ करोड भारुबाट बढाएर २१ करोड भारु पुर्याएका छन् । उनको यो मागलाई निर्माताहरूले पूरा गर्ने भएका छन् ।
सेतुपति पनि उक्त फिल्मका लागि निकै उत्साहित छन् । उनले यो फिल्मका लागि अन्य २ वटा फिल्म छाडेका छन् । किनभने यो फिल्मको क्यारेक्टर राम्रो भएका कारण उनले यसलाई छोड्न सकेनन्।
पान इन्डिया रिलिज हुने यस फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा पनि मुख्य भूमिकामा देखिनेछिन् । उनले पहिलो पटक भारतीय फिल्ममा काम गर्न लागेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्