
काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।
आज (सोमबार) बिहान देशै भरी आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साेमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्