१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवसायिक सटर तीन वर्षदेखि निःशुल्क रुपमा प्रयोग हुँदै


1.053k
Shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरको मुख्य बजारमा रहेका व्यवसायिक सटर तीन वर्षदेखि निःशुल्क रुपमा प्रयोग हुँदै आएको छ ।

झण्डै एकसय भन्दा बढी उपमहानगरको मुख्य बजारका सटर निःशुल्क रुपमा प्रयोग हुँदै आएका हुन् । स्थानीय जनप्रतनिधि, नेता, कार्यकर्ताले आफनो स्वार्थमा सटर भाडामाथि राजनीति गरेपछि उपमहानगरको मुख्य बजार जितपुर, सिमराका ३ सय बढी व्यावसायीक सटरहरु तीन वर्षदेखि सित्तैमा प्रयोग हुँदै आएका छन् ।

जितपुर, सिमरा, डुमरबाना, अमलेखगञ्न, नितनपुर बजारमा रहेका उपमहानगरको सटरको भाडा प्रमिहिना १९ सय ५० देखि ३ हजार ५५ रुपैयाँसम्म तोकिएको छ । तीन वर्षदेखि उपहानगरले भाडा लिने सामान्य प्रयास पनि नगरे पछि भाडा बापत २ करोड १९ लाख बक्यौता रहेको उपमहानगर कार्यालयले जनाएको छ । जितपुर र सिमरा मुख्य बजार क्षेत्रमा रहेका उपमहानगर बाहेकका व्यावसायीक सटरको मासिक २० देखि २५ हजार रुपैयाँसम्म चलन चल्तिमा रहेको छ ।

दलका कार्यकर्ता, जनप्रतिनिधिका आफन्त, उपमहानगरको सामान्य भाडादरका सटरहरु कब्जामा राखेर प्रयोग गरेको आरोप अन्य व्यवसायीहरुले लगाएका छन् । महंगो सटर र सित्तैमा सटर सञ्चालन भएका कारण एउटै बस्तुको बजारमा मूल्यसमेत फरक फरक पर्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।