१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवाद्वारा सञ्चारसम्बन्धी कानुनहरू टुंगोमा पुर्‍याउन मन्त्री कार्कीलाई निर्देशन


793
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुंगोमा पु¥याउन सरकारले पहल गर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग मंगलबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरुलाई टुंगोमा पु¥याउन सरकारले पहल गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेको भन्दै महासंघका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँग भेटपछि प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउन लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ ।

महासंघका अध्यक्ष पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिनुभयो ।

महासंघले अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै चिन्ता प्रकट गरेको छ ।

महासंघले प्रतिनिधिसभा भङ्ग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पु¥याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।