१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला साफको प्रशासण अधिकार ६५ लाखमा बिक्री


130
Shares

काठमाडौं । महिला साफ च्याम्पियनसिपको टिकट र प्रशारण अधिकार ६५ लाखमा बिक्री भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को खुल्ला टेन्डर अनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो ।

भारतीय कम्पनी हन्ड्रेड स्पोर्टसले टिकट र मार्केटिङ सहितको ब्रोडकास्टिङ राईट्स ६५ लाख रुपैयाँमा लिएको हो । जस अनुसार २९ लाख रुपैयाँ टिकट र बाँकी रकम मार्केटिङ सहितको ब्रोडकास्टिङ अन्तर्गत आएको छ ।

एन्फा महासचिव किरण राई र हन्ड्रेड स्पोर्ट्सका फाउण्डर रविन्द्र भाटीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्फाले दोस्रो पटक टेण्डर मार्फत टिकट, मार्केटिङ र ब्रोडकास्टिङको अधिकार बेचेको हो ।

महिला साफ प्रतियोगिता काठमाडौंमा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुँदैछ । आयोजक नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल रहेको समुह ‘बी’मा भुटान र श्रीलंका छन् । समूह ‘ए’मा भारत, माल्दिभ्स, पाकिस्तान र बंगलादेश छन् ।