१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी


598
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ४० खेलाडी डाकिएको थियो । टिमबाट बाहिरिनेमा डिफेन्डर देबेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ रहेका छन् । त्यस्तै मिडफिल्डर पुजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ तथा फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाई बाहिरिएका छन् ।

नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।