
काठमाडौं । आज नेपाली महिलाहरुको महान पर्व तीज । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दै मनाएका छन् ।
तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको घुँइचो लागेको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
विवाहिता महिलाहरुले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरुले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्