
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय तलब सुविधा आयोगले पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर उचित सुझाब दिने विश्वास व्यक्त गर्नुभएको छ ।
मंगलबार मन्त्रालयमा संयोजक तथा सदस्यहरुलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सरकारले सबैलाइ न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुबिधा उपलब्ध गराउन आयोगबाट यथार्थपरक सुझाव प्राप्त गर्ने विश्वास ब्यक्त गर्नु भएको हो । बजेटमा व्यवस्था भए अनुसार मन्त्रिपरिषदले गत भदौ ६ गते पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
सदस्यमा पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे हुनुहुन्छ । आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ ।
यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरु पनि सिफारिस गर्नेछ । संयोजक पौडेलले समय मै सरकारले अपेक्षा गरेको सुझाव दिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्