
काठमाडौं । तत्कालीन सोभियत संघका अन्तिम पूर्वराष्ट्रपति मिखायल गोर्बाचनेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनुभएका गोर्बाचोभको उपचारकै क्रममा रुसको सेन्ट्रल क्लिनिकल अस्पतालमा निधन भएको हो । पूर्वराष्ट्रपति गोर्बाचोभले तत्कालीन समयमा शित युद्धको शान्तिपूर्ण निकास दिनुभएको थियो । उहाँकै अगुवाईमा सोभियत संघ विघटन गरिएको थियो ।
उहाँले अमेरिकासँगको परमाणु निशस्त्रीकरणमा सफलता पूर्वक निभाएको भूमिकाका कारण अमेरिका र रुसको सम्बन्ध सुध्रिएको थियो । गोर्बाचोभको शासनकालमा हजारौं राजनीतिक बन्दीहरुलाई रिहा गरिएको थियो ।
गरीब परिवारमा सन् १९३१ मा जन्मनु भएका उहाँ कानूनका ज्ञाता हुनुहुन्थ्यो । उहाँले सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएको थियो ।
उहाँले सोभियत संघ विघटन गरेपछि १९९१ मा राष्ट्रपतिबाट राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्