काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज (बुधबार) बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएर आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ माथि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले उक्त विधेयक फिर्ता पठाउनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्