१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित


3.705k
Shares

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेशी पटक–पटक सर्दै आएको छ । शाहको तनहुँ जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशीमा सुनुवाइ हुन नसकेको हो । साथै शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी पनि गतसाता स्थगित भएको थियो ।

शाह यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।

गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाह पक्राउ परेका थिए ।