१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको खर्सोनमा भीषण संघर्ष


5.07k
Shares

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भइरहेको छ ।

रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दावी गरेको युक्रेनले आफ्नो सेना चौविसै घण्टा आक्रमणमा खटिएको बताएको छ । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीव्र बनाएको बताइएको छ । अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेटको सहयोगमा युक्रेनी सेनाले आक्रमण गरिरहेको हो ।

तर रुसले भने युक्रेनी दावी अस्वीकार गर्दै युक्रेनी सेना जमिनको लडाईबाट पछि हटिसकेको र युक्रेनी सेनामा ठूलो क्षति भएको दावी गरेको छ । दुवै पक्षका भनाई स्वतन्त्र रुपमा पुष्टि हुने अवस्था नरहे पनि युक्रेनी सेनालाई खर्सोन फिर्ता लिन भने सजिलो नरहेको जानकारहरुले बताएका छन् ।

खर्सोन नै रुसी कब्जामा गएको युक्रेनको सवैभन्दा ठूलो शहर हो ।