१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि समितिमा बयान दिने


26
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा आज बिहीबार पनि बयान दिनुहुने भएको छ ।

समितिले बुधबार ४३ प्रश्न सोधेकोमा राणाले चार घण्टा लगाएर ४ वटा मात्रै प्रश्नको मात्रै जवाफ दिनुभएको थियो ।

जवाफका क्रममा राणाले आफ्नो बचाऊ गर्नुका साथै आफू विरुद्ध लाग्नेहरुका नियत र ब्यवहारको पनि फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

राणाले आफूविरुद्धको महाभियोग प्रस्ताव नै निष्क्रिय भइसकेको दाबी गर्दै आफुलाई न्याय दिन समितिसंग आग्रह गर्नुभएको थियो ।

महाभियोग प्रस्ताव निष्क्रिय भइसके पनि आफू संसद्को सम्मानका लागि नागरिकको हिसाबले उपस्थित भएको उहाँको भनाइ थियो । आफूमाथि लागेको अभियोगको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले समितिबाटै आफूले न्याय पाउनुपर्ने उहाँको माग छ ।

आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाएर आफूमाथि महाभियोग लगाउने र न्यायपालिकालाई कमजोर पार्ने खेल भएको भन्दै राणाले आक्रोस पोख्नुभयो ।

उहाँले अर्का न्यायाधीश हरिकृष्ण कार्कीको नियत र ब्यवहारको विषयमा पनि गुनासो गर्नुभएको थियो भने तत्कालिन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्यालले आफूसँग खोजेका भागका कुरा पनि गर्नुभयो ।

साथै बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दाको फाइल अघि बढाउन खोजेपछि आफू विरुद्ध षडयन्त्र भएको तर्क पनि उहाँले गर्नुभयो ।