
फाइल तस्विर
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज बिहीबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू हुनेछ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो ।
बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।
गठबन्धन भित्रका दलहरुले सिटमा आफ्नो आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्