१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यान्चेस्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो


702
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीमाथि १–० को जित निकालेको हो ।

लेस्टरको मैदानमा भएको खेलमा युनाइटेडलाई विजयी गराउन जेडन सान्चोले निर्णायक गोल गरे ।

खेलको २३ औं मिनेटमा सान्चोले गोल गर्दै ३ अंक दिलाए ।

यो सिजनको प्रिमियर लिग फुटबलमा सुरुवाती दुई खेल जित्न नसकेको युनाइटेड त्यसपछि भने लगातार तीन खेलमा विजयी भएको छ ।

जितसँगै ५ खेलबाट ९ अंक जोडेको म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । अहिलेसम्म सबै खेल जितेको आर्सनल १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको १३ अंक छ । लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।