
एजेन्सी । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई गोली हानी हत्या गर्ने प्रयास भएपनि उनी जोगिएकी छिन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आईतबार एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई ताकेर गोली हान्न खोज्दा बन्दूकको फायर समयमै नखुलेपछि उनी जोगिएकी हुन् । उनलाई गोली हान्न खोज्ने व्यक्ति ३५ वर्षका ब्राजिलका नागरिक भएको खुलेको छ ।
अजेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई बन्दूक तानेर चलाएको बताएका छन् । उनले गोली चलेको पुष्टि हुन नसकेकोले क्रिस्टिना अझै जीवित रहेकी र बन्दुकमा ५ वटा गोली भरिएको बताएका छन् । राष्ट्रपति अल्बर्टोले अर्जेन्टिनामा प्रजातन्त्र प्राप्तभएपछिको यो सबैभन्दा गम्भीर घटना भएको बताएका छन् ।
उपराष्ट्रपति क्रिस्टिनामाथि भ्रष्टाचारको आरोप लागेको छ । आक्रमण हुँदा सयौं उनी सयौं समर्थकबीच उनको ब्यूनस आयर्स निवासबाहिर भाषण गर्दै थिइन् ।
आक्रमणकारीलाई तत्काल पक्राउ गरी हतियार समेत बरामद गरिएको थियो ।सन् २००७ र २०१५ को बीचमा उनी अर्जेन्टिनाको दुई पटक राष्ट्रपति भएकी थिइन् । क्रिस्टिनालाई अर्जेन्टिनामा चतुर राजनिितक खेलाडीका रुपमा चिनिन्छ । उनी अर्को आम चुनावमा राष्ट्रपति पदका लागि बलियो दावेदारकी रुपमा समेत रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्