
काभ्रे । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
धुलिखेलमा आयोजित जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धी अन्तक्रिया कार्यक्रममा मन्त्री खापुङले आधारभुत स्वास्थ्य सेवा देशका कुनाकन्दरामा पु¥याउन सरकार दत्तचित्त भए लागेको बताउनु भएको हो ।
सरकारले प्रत्येक वडामा एउटा आधारभुत स्वास्थ्य चौकी निर्माण गर्ने तथा सबै पालिकामा ५ देखि १५ शैयासम्मको पालिका स्तरीय अस्पताल बनाउने योजना बनाएर काम गरिहेको मन्त्री खापुङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्