
काठमाडौं । कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ ।
६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको हो । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।
उनको निधन पश्चात अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत समवेदना प्रकट गरेका छन् । उनले भट्टराईलाई सम्झदै उनले फेर्ने हरेक सासमा चलचित्र मात्रै रहेको अरु केही नभएको बताएका छन् । आवश्यकता हुदाँ सम्झिने र नहसदाँ बिर्सने प्रवृत्तिलाई उल्लेख गर्दै उनले भावुक समवेदना प्रकट गर्दै फेसबुकमा यस्तो लेखेका छन् ।

निकै सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रूपमा र कलाकारको रूपमा काम गरेका उनले कला फिल्ममा भेषभुषा समेत हेर्ने गर्दथे । फिल्म ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रूपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’ मा कला निर्देशकको रूपमा काम गरेका थिए । त्यसयता उनको हातमा काम थिएन ।
२०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्