२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री कार्की


65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारहरुको सुझावका आधारमा नै चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई थप समृद्ध बनाउन सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन् । चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ ? त्यो भुमिका निर्वाह गर्न सकरार म व्यक्तिगत रुपले पनि तयार छु ।’