
काठमाडौं । नेपाल चलचित्र निर्माता संघको निःवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण एवं पद हस्तान्तरण गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीहरुलाई निःवर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउनु भयो ।
उहाँले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बतउनु भयो । अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दावी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताउनु भयो ।
उहाँले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणको लागि आवश्यक काम गरेर देखाउने दाबी गर्नुभयो । अध्यक्ष खड्का निर्माता संघको अध्यक्षमा निर्विरोध चयन हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्