
काठमाडौं । अमेरिकाकाे अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ ।
गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा पनि असफल भएको हो । रकेटको हाइड्रोजन ट्यांकमा चुहावट भएका कारण यो मिसन पुन: असफल भएको जनाइएको छ । वैज्ञानिकहरुले आगामी अक्टोबर भन्दा अघि मिसन सम्भव नभएको बताएका छन् ।
नासाले ‘स्पेस लन्च सिस्टम’ नाम दिएको मिसनको पहिलो रकेट ‘आर्टेमिस वान’ मानवबिना नै चन्द्रमामा पठाउने तयारी गरेको थियो । यो रकेट सफल भएको अवस्थामा आर्टेमिस दुई र तीन मार्फत अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा ओराल्ने नासाको तयारी थियो । तर, उडान भर्नु भन्दा करिब २ घण्टाअघि नासाका इन्जिनियरले रकेटमा प्राविधिक गडबडी भेटेपछि उडान रद्द गरिएको हो ।
यो रकेट नासाको अहिलेसम्मको सबै भन्दा शक्तिशाली र ठूलो यान भएको जनाइएको छ । विगत ५० वर्षमा मानिसहरूलाई चन्द्रमाको सतहमा पुर्याइएको छैन् भने एपोलो ११ पछि कुनै पनि मानवसहितको यान चन्द्रमामा अवतरण गरेको छैन् ।
सन् २०२४ र २०२५ को लागि निर्धारित ‘आर्टेमिस २’ र ‘आर्टेमिस ३’ मा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजानुअघि उनीहरुकाे गतिको पहिलो परीक्षण साेही यानले गर्ने जनाएइको छ ।
प्रतिक्रिया दिनुहोस्