१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर


8.892k
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कस्मेटिक सर्जरी गर्ने भएकी छन् ।

उनले ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सवमा प्रमुख अतिथि भएर अभिनेत्री करिश्मा पुगेकी थिइन् । अभिनेत्री करिश्माले भनिन् ,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’

स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरूले अझ सजिलो भएको र विदेश जान नपरेको उनले बताइन् । उनले थप्दै भनिन् ,‘विदेशमा भन्दा यहि सर्जरी सस्तो हुने भएकाले आखाँको कस्मेटिक सर्जरी गर्ने निर्णय गरेकी हुँ ।’