
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् ।
सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन र सुप्रिया बाबुआमा बन्न लागेको खबर बाहिरिएको हो ।
यस विषयमा उनीहरूले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । तर, बधाई दिनेलाई उनीहरूले धन्यवाद प्रकट गरेका छन् । गत २०७८ असोजमा विवाह बन्धनमा बाँघिएका सुदर्शन र सुप्रिया लामो समय देखि प्रेम सम्बन्धमा थिए ।
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र नव नायक सोनम तोप्देन मुख्य भूमिका रहेको छ ।
फिल्म गत शुक्रबार देखि प्रदर्शनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्