
ओखलढुंगा । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
संघमा एउटा र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार सिफारिश गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ माओवादी केन्द्र ओखलढुंगाले पार्टी सचिव राम कार्कीलाई सिफारिस गरेको छ ।
सोही पदका लागि नेपाली कांग्रेस ओखलढुंगाले पार्टीका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, रामहरि खतिवडासहित ४ जनाको नाम सिफारिस गरेको छ । जनता समाजवादी पार्टी ओखलढुंगाले पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई र नेकपा एकीकृत समाजवादीले जिल्ला ईञ्चार्ज नेत्रप्रसाद भट्टराईसहित ३ जनालाई सिफारिस गरेको छ ।
जिल्लाका राजनीतिक दलले प्रदेशसभा सदस्य पदका लागि पनि उम्मेदवार सिफारिस गरेका छन् । गठबन्धन दलका उम्मेदवार सिफारिु भए पनि ओखलढुंगामा साझा उम्मेदवार टुंगो लागेको छैन । जिल्लामा नेकपा एमालेले भने मंगलबार बेलुकीसम्म उम्मेदवार टुंगो लगाइसक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्