९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए १४२ जना संक्रमित, २३० संक्रमणमुक्त


52
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५० जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७ सय ५६ जनाको पीसीआर र १ हजार ६ सय ९४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।