३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


जेष्ठ आमाहरूलाई ‘झिँगेदाउ’को निःशुल्क टिकट


637
Shares

काठमाडौं । काठमाडौंको गोंगबुस्थित बिजी मलमा रहेको विएसआर मुभिजले आइतबारबाट फिल्म ‘झिँगेदाउ’को जेष्ठ आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबारबाट लागू हुने गरी फिल्मको प्रदर्शन भइन्जेल जेष्ठ आमाहरूलाई विएसआर मुभिजले निःशुल्क टिकट उपलब्ध गराएको छ । फिल्ममा आमा र सन्तानबीचको कथा समावेश छ । विएसआर मुभिजले जेष्ठ आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराएको अभिनेत्री आँचल शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।

गत शुक्रबार देखि प्रदर्शन भएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । लामो समयपछि फिल्म निर्देशनमा फर्किएका देउजाले यो फिल्मबाट पनि सफलता पाउने पक्का छ ।

फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको मुख्य भूमिका रहेको छ ।