१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शशांक कोइराला र बिनोद चौधरीद्वारा एउटै निर्वाचन क्षेत्रमा आवेदन


481
Shares

 काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।

दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ पटक चुनाव जित्नुभएको छ ।

यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने उहाँको तयारी छ । उद्योगपति चौधरीले भने नवलपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट पनि प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले जानकारी दिनुभयो ।

नवलपुर जिल्लामा २ निर्वाचन क्षेत्र छन् ।