
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ ।
समितिले भदौ १६ गतेबाट राणामाथिको बयान सुरु गर्दा हालसम्म तीन बैठकमा ११ प्रश्नको जवाफ आएका छन् । राणाले समितिले राखेका प्रश्नको उत्तर दिने क्रममा आफ्नो प्रतिरक्षाका लागि अदालतभित्रका विभिन्न विकृतीलाई बाहिर ल्याउनुभएको छ ।
महाअभियोग सिफारिस समितिले भदौ १६ देखी निलम्बित प्रधानन्यायाधीश राणाको बयान लिइरहेको छ । सीफारिस समितिले राणासँग पहिलो दिनको बयानमा ४, दोस्रो बयानमा २ र तेस्रो दिनको बयानमा ५ प्रश्न गरेको छ । समितिले सशस्त्रका तत्कालीन डीआईजी रञ्जन कोइराला संलग्न ज्यान मुद्दामा निलम्बित प्रधानन्यायाधीशलाई गरेको प्रश्नमा राणाले विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोईरालाको सजाय कटौती गरेको बताउनुभयो ।
प्रधानन्यायाधीशले आफ्नो संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, प्रतिष्ठा र जनआस्थालाई श्रीवृृद्धी गर्न प्रधानन्यायाधिश पूर्ण रुपले विमुख भएकाले महाअभियोग लगाउने प्रर्याप्त आधार देखिएको छ भन्ने आरोप समेत लागेको भन्दै समितिले गरेको प्रश्नमा राणाले संवैधानिक दायित्व पूर्णरुपमा पालाना गरेको जवाफ दिनुभएको छ ।
संवैधाानिक परिषद्को सदस्यको हैसियतमा राणाले आफ्नो संलग्नतामा विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिविरुद्ध मुद्धामा १ वर्षसम्म सुनुवाई नगरी न्यायमा गम्भीर विचलनको अवस्थाको सृजना गरेको र विशेष अदालतमा महिनौसम्म न्यायाधीशको पदपूर्ति गर्न अनिच्छा देखाएको सन्दर्भमा समितिको प्रश्नमा राणाले गरको प्रतिवादमा यो आरोप शतप्रतिशत झुठो रहेको जवाफ दिनुभयो ।
महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीशविरुद्ध समितिले ४३ वटा प्रश्न सोध्नेछ । तर, समितिका तीन वटा बैठकसम्म आइपुग्दा राणाले ११ प्रश्न मात्र सामना गर्नुभएको छ । समितिको अर्को बैठक भदौ २५ गते बस्दैछ । विभिन्न संवैधानिक अड्चनका कारण सोही दिन बाँकी सबै प्रश्नको उत्तर राणाले दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्