१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश-१ का मुख्यमन्त्री राईलाई मातृशोक


962
Shares

सुनसरी । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा ८४ वर्षीय धनकुमारी राईको आज (सोमबार) निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा साेमबार बिहान राईकाे मृत्यु भएको हो ।

सोमबार विराटनगरमा श्रद्धाञ्जली दिएर अन्तिम दाह संस्कारका लागि भोजपुरको षडानन्द नगरपालिकामा लगिने मुख्यमन्त्री राजेन्द्र राईका राजनीतिक सल्लाहकार जीवन राईले बताउनुभयो ।