६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मित्रनगरमा चल्यो महानगरको डोजर !


2.938k
Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित मित्रनगरमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु सोमबार डोजर लगाएर धमाधम भत्काएका छन् ।

३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध गरेपनि अटेर गरेपछि महानगरले पुनः माइकिङ गरी ताकेता गरेको थियो । महानगरको सूचनालाई वेवास्ता गरी बसेका पसलहरु सोमबजार डोजर लगाएर भत्काइएको हो ।

सोही क्रममा केही पसल धनीहरुले भने महानगरको डोजर देखेपछि बल्ल होर्डिङ बोर्डहरु धमाधम झिकेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा पछिल्लो समय महानगरीय प्रहरीले अनधिकृत रुपमा बनेका संरचना र पार्किङका लागि नक्सा पास गरी गोदाम र पसल सञ्चालन गरेपछि धमाधम खाली गराउँदै आएको छ ।