
कर्णाली । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गर्नु भएको छ ।
उहाँले एक कार्यक्रमका बीच सुविधासम्पन्न बस्ती हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२ घर निर्माण भएका छन् भने वडा नम्बर –३ मा ५४ घर, वडा नम्बर– ७ मा ७४ वटा घरहरु निर्माण भएका छन् । घरहरु निर्माणमा कर्णाली सरकारको ५ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
एकीकृत नमुना बस्तीको रुपमा विकास गरिएपछि यो ठाउँको रौनकसमेत फेरिएको छ । पूर्वमुख्यमन्त्री शाहीले बस्ती निर्माण गरेर मात्रै सबै थोक नपुग्ने भन्दै अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादनमूखी बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले यसलाई नमुना पर्यटकीय गाउँको रुपमा निर्माण गरेर होमस्टे निर्माण गर्नुपर्नेमा जोड दिनुयभयो ।
प्रतिक्रिया दिनुहोस्