१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुरे क्षेत्रमा वन फँडानी अझै रोकिए


52
Shares

सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन ।

वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ तस्करी गरिरहेको आरोप लगाइएको छ । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनमा तीव्र रुपमा वन फँडानी भइरहेको छ ।

वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीयले जानकारी दिएका छन् । मिर्चैया नगरपालिका–९ रमपुराको सामुदायिक वनका खैर र सिसौका हजारौ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्तोषकुमार यादवले जानकारी दिनुभयो ।

रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता गरेको गुनासो स्थानीयको छ । काठ तस्करी नियन्त्रणमा वन कर्मचारी र सुरक्षाकर्मीले चासो नदिएको स्थानीयको गुनासो छ । सामुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी स–मिलहरुमा पु¥याइने गरीएको छ ।

चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी तीव्र हुँदा पनि वन डिभिजन कार्यालयले चासो दिएको छैन । काठ तस्करहरूले अहिले पनि सिरहाको समुदायिक वन र चुरे क्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् ।