
काठमाडौं । साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ ।
प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो । पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रवन्धक प्रह्लाद पोख्रेलले बताउनु भयो ।
उहाँले नेपाली साहित्यका कथा,कविता,उपन्यास,निवन्ध र शब्दकोश लगायत विभिन्न पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । महाप्रवन्धक पोख्रेलले पुराना पुस्तकहरु एक रुपैयाँदेखि ७ रुपैयाँ र सबैभन्दा महँगो २८ सयसम्म पर्ने पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकहरुले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको भन्दै पुस्तकालय दिवस र दशैँको अवसर पारेर प्रदर्शनी ओजना गरिएको बताउनु भयो ।
उहाँले २०४० साल भन्दा अगाडि प्रकाशित भएका पुस्तकहरुमा ५० प्रतिशत,२०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भएका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनु भयो । उहाँले शब्दकोशहरुमा २५ प्रतिशत छुट र साझा प्रकाशन बाहेक प्रकाशनका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्