१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो


78
Shares

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ ।

बर्दिया क्षेत्र नं. १ मा कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्रराज आलेलाई सिफारिस गरेको एस बर्दियाका अध्यक्ष प्रेम पोखरेलले बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) डिलबहादुर केसी, यमुना बिक र डोङ्ला थारु क्षेत्र नं. २ (ख) प्रेमप्रसाद पोख्रेल, कमला घिमिरे र नारायण प्रसाद चौधरी ( हरिशचन्द्र यादव मधेशी कोटामा) सिफारिस गरिएको छ ।

बर्दिया क्षेत्र नं. २ मा लोकमणी आत्रेय, वैद्यनाथ झा, जुना कार्की र बिसतिया थारु(थारु जनजाति कोटामा) सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) दुर्गाबहादुर रिमाल, लक्ष्मीकान्त शर्मा (शान्ति चौधरी र सुशिला थापा मगर थारु, जनजाति कोटामा ) क्षेत्र नं. २ (ख) बमबहादुर रावल, सिर्जना थापा क्षेत्री, अग्नि प्रसाद अर्याल र (पुनाराम थारु, थारु जनजाति कोटामा) सिफारिस गरेको अध्यक्ष पोखरेलले बताउनुभयो।