
काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।
त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् ।
यस अघि मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले हराउँदै नेपालले सुखद सुरुवात गरिसकेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्