११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषित


0
Shares

नवलपरासी, भदौ ३ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको छ ।

आइतबार भूमहीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवललाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

सो अवसरमा उनले स्थानीय तहमा प्रदेश सरकारले कर नबढाएको जिकिरसमेत गरे ।

विगतमा लाग्दै आएको करसमेत प्रदेशले हटाएको र जनताको भावना र जीवनस्तरको तुलना नगरी कर लगाउन नहुने उनको भनाइ थियो ।