२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्तारुढ दलहरुबीचको चुनावी भागबण्डा अझै मिलेन

'कार्यदलको बैठक आज पनि बस्दै'

221
Shares

काठमाडौं । सत्तारुढ दलहरुको आगामी चुनावको भागबण्डा अझै मिल्न सकेको छैन ।

बुधबार कार्यदलले प्रतिवेदन बुझाउने भनिए पनि दलहरुको माग दाबी प्रतिनिधि सभाको सिट संख्या भन्दा धेरै माथि पुग्दा प्रतिवेदन तयार पार्न समस्या भएको बुझिएको छ ।

सत्ता घटकका पाँच दलको दाबी दुई सय सिट माथि रहेको बुझिएको छ ।

अहिलेसम्म कसले कति सिट पाउने भन्ने नै निर्क्यौल हुन नसकेको र क्षेत्रगत हिसाब हुनै बाँकी रहेको बताइएको छ ।

आज बिहीबार बिहान कार्यदलको बैठक पुनः बस्ने र शीर्ष नेतृत्वसँग संयुक्त छलफल गरेर भागबण्डा मिलाउने कोशिस हुने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

नेपाली कांग्रेस अहिलेसम्म एक सय सिटको अडानमा रहेको छ भने माओवादीले ६०, जसपाले ३०, नेकपा एकीकृत समाजवादीले ३० र जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् ।