१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माछापुच्छ्रे र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता


221
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित एब कायृक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात बैंकद्धारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गरिने बैंकले जनाएको छ ।

यस अघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि” अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाख रुपैयाँसम्म, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय ब्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको छ ।