
काठमाडौं । लघू चलचित्र अकारणको फस्ट लुक सार्वजनिक भएको छ ।
बिहीबार अष्ट्रेलियाको होबार्ट शहरमा एक विशेष पत्रकार सम्मेलनमार्फत् यस लघु चलचित्र अकारण को पोष्टरहरू सार्वजनिक गरिएको हो ।
साथै, सम्मेलनमा होबार्ट शहरस्थित वाईड एंगल सिनेमा हलमा आगामी १६ सेप्टेम्बेरमा यस चलचित्रको विशेष प्रदर्शन गरिने छ ।
उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार निखिला बुढाथोकी, क्यामेराम्यान श्रीराम अर्याल र चलचित्र निर्देशक एम एस अग्रजको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्