१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भग्नावशेष पन्छाउन समय लाग्ने : महानगर


806
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका भग्नावशेष सामग्री हटाउन अझै केही दिन लाग्ने भएको छ ।

नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र सम्बन्धित घरधनीले हटाएका छैनन् । दुई साताअघि भत्काइएका संरचना नउठाउँदा पैदलयात्रुलाई आवतजावतमा सास्ती भएको छ । सडकमै ती संरचना हुँदा सर्वसाधरण र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ ।

नगर प्रहरीको टोलीले चाँडै नै ती सामग्री हटाउने महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले त्यसै छाडिएका संरचनाहरूको अभिलेख गरेर हटाउने बताउनुभयो ।