
काठमाडौं । भारतको राजधानी दिल्लीको आजाद बजारमा एउटा निर्माणधीन चारतल्ले भवन भत्किंदा तीन मजदुरको मृत्यु भएको छ ।
भत्किएको भवनको भग्नावशेषमा पुरिएर तीन कामदारको मृत्यृ भएको हो ।
छ सात जना मजदुर अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
बिहीबार बिहान भएको घटनाको उद्धार कार्य अहिले पनि जारी छ ।
आजाद बजार इलाकामा रहेको शीश महलको भवन निर्माणको काम भईरहँदा भवन अचानक भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्