२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गाली सहन तयार छौं : बालेन


9.321k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् ।

कार्य प्रारम्भ गरेको सय दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् ।

‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौं तर हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं’ , उनले भनेका छन् ।

नगर प्रमुख साहले गैरकानुनी कार्य निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गरिनेसमेत स्पष्ट पारेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।