
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो ।
प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्