
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।
शनिबार बसेकाे कार्य समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा कांग्रेसको राम्रो जनआधार रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको माग छ ।
त्यस्तै कांग्रेसले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्