१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई झोला हस्तान्तरण


338
Shares

काठमाडौं । सुवर्ण समशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरुलाई झोला वितरण गरेको छ ।

शनिबार फाउण्डेशनले काठमाडौंमा एक कार्यक्रम गरी त्रिपुरासुन्दरी आधारभुत विद्यालय, दोलखा, ताम्रापालिका आधारभुत विद्यालय, दोलखा र तिखातल प्राथमिक विद्यालय, दोलखा विद्यालयका सम्बन्धित व्यक्तिहरुलाई झोला हस्तान्तरण गरेको हो । फाउण्डेशनले विभिन्न समयमा विद्यार्थीहरुका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गर्दै आइरहेको छ ।

हस्तान्तरण कार्यक्रमपछि बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फाउण्डेशनको उद्देश्य असहाय विद्यार्थीहरु पढाईबाट वञ्चित नहोउन् भन्ने रहेको बताउनु भयो । उहाँले शैक्षिक सामग्रीहरुका साथै दैविक प्रकोपको बेलामा फाउण्डेशनले दैविक प्रकोप उद्धारका लागि सामानहरु वितरण गरिरहेको बताउनु भयो । उहाँले संस्थाले विद्यार्थीहरुको शैक्षिक भविष्यलाई ठूलो सहयोग पु¥याइरहेको बताउनु भयो ।

विद्यालयका प्रतिनिधिहरुले फाउण्डेशनले विद्यार्थीहरुको खुशीका लागि गरेको सामाजिक कार्यलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।